२०८१ बैशाख १३ , बिहिवार

१ सय ९२ के.जी. गाँजासहित स्कारपियो गाडी बरामद

सुनाखरी न्युज/ रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट साउन १ गते सशस्त्र प्रहरीले करीव १ सय ९२ के.जी. गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा रहेको बगैचामा पार्किङ्ग गरि राखेको डीएल ४ सीएनबी ६२२९ नम्बरको स्कारपियो गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ ।

बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाईएको छ ।