२०८१ बैशाख ६ , बिहिवार

देशभर कोरोना संक्रमितको संख्या थप ४५७ पुग्यो, १ जनाको मृत्‍यु

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा एक जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको हो।

 

४ हजार ६ सय ५१ जनाको परीक्षण गरेकोमा ४ सय ५७ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ सय १४ जना र १ हजार ३ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

त्यस्तै,योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।