२०८१ बैशाख ६ , बिहिवार

फिल्म ‘राधा’ को तीज गीत ‘पाउमा पाउजु’ रिलिज

सुनाखरी न्युज/ काठमाडौं –

फिल्म ‘राधा’को तीज गीत ‘पाउमा पाउजु’ रिलिज भएको छ । पतिको दीर्घायुको कामना गर्दै उपवास बस्ने साउन महिनाको पहिलो सोमबारको छेकोमा गीत सार्वजनिक भएको हो ।

 

गीत सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कास्ट एण्ड क्रिउ उपस्थित रहे । ‘नाच्न त मन थियो राधा पियारी, पाउमा पाउजु छैन बरि लै’ बोलको गीतमा प्रियंका कार्की र सृष्टि श्रेष्ठले नृत्य गरेका छन् । गत साता पशुपति वृद्धाश्रममा छायांकन गरिएको यो गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् ।

 

सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर समावेश गीतलाई कालीप्रसाद बाँस्कोटाले संगीतबद्ध गरेका हुन् । भदौ १० गते रिलिज हुने यो फिल्मलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । फिल्ममा सृष्टिसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।