२०८१ बैशाख ७ , शुक्रवार

नेपाल बैंकको एक्सटेन्सन काउन्टर नेपाली सेनाको जंगी अड्डामा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल बैंकले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डा भद्रकाली काठमाडौंमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्। सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता थियो।

 

बैंकले हाल नेपालभर रहेको आफ्नो २१९ शाखाहरू, १८२ एटिएम र ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ।