२०८१ बैशाख १३ , बिहिवार

दोहोरो अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन आज सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्से १८.०३ अंकले बढेर दुई हजार २९ दशमलब ४३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९८.६० रुपैयाँ कायम भएको छ भने इनर्जी नेपाल लिमिटेडको शेयरमूल्य पनि ९.६२ प्रतिशतले बढेर प्रतिकित्ता ७७४ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज सानीमा लार्ज क्याप फण्ड र कुमारी इकयुटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।