२०८१ बैशाख ८ , शनिवार

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज /कास्की-

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका-१३ बस्ने पर्वत कुश्मा नगरपालिका-६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका-५ लब्लीडाँडामा लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।