२०८१ बैशाख ८ , शनिवार

३४ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फको प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि ३४ जनाको नाम सिफारिस गरेको छ ।

 

बढुवा सिफारिस समितिले ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी उपरीक्षक पद (डिएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस सूचीको पहिलो नम्बर प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखामा कार्यरत होमबहादुर थापा रहेका छन् । त्यस्तै, दोस्रोमा दीपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की तथा पाँचौमा दुदिमाया लामा रहेका छन् ।

समितिको सोमवार बसेको बैठकले इन्स्पेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।