२०८१ बैशाख १३ , बिहिवार

अवैध लागूऔषध हेरोइन सहित पाँच जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिका-२६ चाबहिल मार्गस्थित द माइलस्टोन होटेलको कोठा नम्बर ६०१ बाट ४ किलो अवैध लागूऔषध हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अफ्रिकन नागरिक राहदानी नम्बर ए०९८७९५७२ वाहक ६१ वर्षीय Jacques Anton Engelbrecht लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Jacques सँग उक्त पदार्थ लिन आएको अवस्थामा बा.२ ज ५६५५ नम्बरको ट्याक्सी चालक नुवाकोट तादी गाउँफालिका-५ ठेगाना भएका ५० वर्षीय सुकेश तामाङलाई सोही होटेलस्थित सडकबाट तथा सुकेशलाई उक्त पदार्थ लिन पठाउने भारत दिल्ली ठेगाना भएकी ३२ वर्षीया Zothantluangi लाई समेत शनिबार साँझ काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकबाट लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

यसैगरी भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ डेरा गरी बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका-१ ठेगाना भएका २७ वर्षीय राज कुमार तामाङ र मैवाखोला गाउँपालिका-१ ठेगाना भएकी ३५ वर्षीय शुसिला तामाङलाई ८ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, १ थान डिजिटल तराजु र नगद ६५ हजार ५ सय रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त हेरोइन सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू सबै जना उपर लागूऔषध मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।