२०८१ बैशाख १३ , बिहिवार

कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेजमा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं –

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ९ पुरानो मेडिकल कलेजल मधुमेह स्क्रिनिङ क्लिनिक संचालनमा ल्याएको छ। मधुमेह ९ सुगर काबिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याईएको हो।

 

नेपालमा नहुँमधुमेहीहरुको संख्या बृद्धि भइरहेको र मधुमेहका बिरामी अस्तपताल आउने क्रमबढेसँगै क्लिनिक सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ।
अस्पतालले मध्य नेपालमा पहिलो आफूहरुले मधुमेह स्क्रीनिङ क्लिनिक संचालनमा ल्याएको दावी गरेको छ। सुगरका रोगी तथा म्भावित रोगीहरुले स्क्रीनिङ क्लिनिकमा समयमै निःशुल्क परीक्षण गरी स्वास्थ्य लाभ लिन सकुन्भन्ने उद्देश्यले क्लिनिक संचालनमा ल्याईएको अस्पतालले जनाएकोछ।

 

सम्झौता अनुसार उक्त क्लिनिकमा सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधुमेहका बिरामीहरुको निःशुल्क सुगर जाँच ९ मधुमेह परीक्षण गर्न सक्ने छन्। यस्तै धुमेहका सम्पूर्ण बिरामीहरुलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा ५० प्रतिशत छुट अस्पतालले दिएको ।यो सुबिधा एउटा बिरामीले हरेक तीन महिनामा एक पटक पाउने सम्झौतामा उल्लेख छ। समाजका दाधिकारीहरुले अस्पतालका रेडियोलोजी र फार्मेसी बाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाईएको छ।

 

मधुमेह स्क्रिनिङ क्लिनिकमा फोनबाट अग्रिम नाम लेखाएर पनि सेवा लिन सकिने जनाईएको छ। दुबैपक्षको आपसी सहमतिमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने, मधुमेह रोग नियन्त्रण तथा उपचारको लागि सचेतना अभियान सञ्चालन गर्ने, स्वास्थ्य शिक्षा तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने सम्झौतामा उल्लेख छ। समाजका अध्यक्ष एम प्रसाद शर्माले मधुमेहका बिरामीहरुका लागि छुट्टै निःशुल्क स्क्रिनिङ क्लिनिकमा सेवा लिन पाइने र अन्य उपचारमा समेत छुट पाउनु खुशीको कुरा भएको बताउनु भयो।

 

समाजले एम प्रसाद शर्मा, केशव देवकोटा र लक्ष्मण पौडेललाई यो सेवा सहजीकरणका लागि तोकेको छ। यसैगरी अस्पतालका तर्फबाट समुदाय स्वास्थ्य सेवा विभाग ९ कम्युनिटी हेल्थ सर्भिस सहजीकरण गर्ने अस्पतालले जनाएकोछ।अस्पतालले मधुमेह सम्बन्धी सेवाका लागि९८०२०१०००३नम्बरकोहट लाईन टेलिफोन समेत व्यवस्था गरेको छ। उच्च यभएकादेशहरुको तुलनामा हाम्रो जस्तो निम्न तथा मध्यम आय भएका देशहरुमा मधुमेहको प्रकोप तिब्र रुपमा बढिरहेको छ।

विश्व स्वास्थ्यसंगठनका अनुसार सन् १९८० मा ४ दशमलव ७प्रतिशत वयस्कहरु ९१८ वर्ष र थिका लाई मधुमेह भएकोमा सन् २०१४ मा आइपुग्दा बढेर८।५ प्रतिशत पुगेकोछ। यो अवधिमा मधुमेह भएका व्यक्तिको सख्या झण्डै चार गुणा बढेकोछ।सन१९८०मा१०करोड८०लाखमधुमेहभएकाव्यक्तिथिएभनेसन्
२०१४मा आइपुग्दा यो संख्या ४२ करोड २० लाखमा पुगेको र यो दशकको अन्तसम्ममा आधा अर्ब नाघ्ने अनुमान विश्वस्वास्थ्य संगठनले गरेको छ।

 

अन्यन सर्ने रोगहरुबाट हुने अकाल मृत्युदर घट्दै गएता पनि मधुमेहबाट हुने अकाल मृत्युदर घटेको छैन,रु सन्२०००र२०१६ को वीचमा ५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा गरिएको स्टेप्स सर्भेमा लगभग ९० प्रतिशतले आफ्नो र गतमा सुगरको अवस्था के छ भन्ने जाँच गराएका थिएनन्। मलाई सुगर छ भनेर थाहा पाउनेहरु करिव २ प्रतिशत मात्र थिए। तर नेपालमा लगभग ९ प्रतिशत वयस्कहरुमा टाइप २ प्रकारको मधुमेह होला भन्ने अनुमान गरिएकोछ।

सुगरको मात्रा नियन्त्रणमा नरहे मृगौला, नसा तथा आँखाको समस्या निम्तिने चिकित्सकहरुको भनाई छ। मोसमय सम्म रोग निको नहुने हुनाले सबैसमयमैसचेतभइ समय समयमा सुगर मधुमेहपरीक्षणगराउनचिकित्सकहरुले झाव दिएकाछन्।