२०८१ बैशाख ८ , शनिवार

भोलिदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने

सुनाखरी न्युज/ काठमाडौं –

सोमबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा दिइने भएको छ ।

 

पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई दोस्रो मात्रा खोप भोलिदेखि नजिकैको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट खोप दिइने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्यरुपमा बोकेर जान मन्त्रालयले आग्रह गरेको छ ।

 

दोस्रो मात्रा खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, होत्तरी,कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही,बाँके, दाङ, बर्दिया, सुर्खेत,कैलाली, कञ्चनपुर डडेलधुरा जिल्लाका बालबालिकाले पाउनेछन् ।