२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेट : पछिल्लो २४ घन्टामा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

३ हजार ४१ जनाको कोरोना परीक्षण गर्दा १ सय ३५ जनामा कोरोना संक्रमित थपिएका हुन्। एक हजार ४ सय ७३ जनाको पिसिआर र एक हजार ५ सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार १४ सय ३९ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, ५९ जना संक्रमित निको समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।