२०८० चैत्र १६ , शुक्रवार

शेयर बजारमा सामान्य अंकको वृद्धि,१.९३ अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सामान्य अंकले बढेको छ । पछिल्लो केहीदिन यतादेखि निरन्तर रुपमा बढिरहेको शेयर बजार आज पनि बढेको हो । आज नेप्से १.९३ अंकले बढेर दुई हजार ११ दशमलब ३९ विन्दुमा पुगेको हो ।

 

शुक्रबार नेप्से ७.९३ अंकले बढेर दुई हजार ९ दशमलव ४६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा एक अर्ब २४ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा आज एक अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ कम्पनीको शेयरमूल्य बढेको छ । आज मुल्य बढेको कम्पनीहरुमा राधी विद्युत्त कम्पनी, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंक रहेका छन् । राधी विद्युत्त कम्पनीको शेयर मुल्य ५ प्रतिशतले बढेको हो भने, नयाँ सारथी लघुवित्तव वित्तीय संस्था, प्रभु बैंक र कुमारी बैंकको शेयरमुल्य ४ प्रतिशतले बढेको हो ।

 

नेप्सेका अनुसार प्रभु सेलेक्ट फण्ड संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपर तामाकोशीको भएको छ । यसको आज ६ करोड ४ लाख भन्दा बढीको कारोबार भएको छ ।