२०८० चैत्र १६ , शुक्रवार

कार्ट्समान्डु सिलालम टुर्नामेन्टमा डिगविजय अधिकारी पहिलो

सुनाखरी न्युज/ काठमाडौं –

शनिबार अबेर हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्समान्ड सिलालम’माडिगविजय अधिकारीले बाजीमारेका छन । बिबेश श्रेष्ठ र फेलिक्स भ्यान रिसनले क्रमश दोश्रो र तेश्रो स्थान हासिल गरे ।

 

वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ्ग, एफआइ ए वल्र्ड काउन्सील मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसाले उपाधि र प्रमाण पत्र प्रदान गर्नु भयो ।पुरस्कार वितरण संगै राखेप सदस्य सचिव घिसिङ्गले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोटर्स सन्तोष जनकलयमा रहेको बताउँदै आगामी दिनमा राखपले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

 

यस अघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइन लराउण्डमा पुगेका थिए ।फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामातामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

 

विजयी टोलीलाई सिङगापुरको के एफवान सर्किटमा काटिर्ङको अवसर प्रदानगरिने नासा नेपालले घोषणा गरेको छ । प्रतियोगिताको सुरुवातमा सम्पुर्ण ड्राइभरहरुलाई नासा नेपालका सचिव सन्तोष न्यौपाने र कार्ट्स कोर्डिनेटर आशिष लामिछानेले ओरिएन्टेशन दिनुभएको थियो ।