२०८० चैत्र १६ , शुक्रवार

गभर्नरको राजीनामा माग्दै विद्यार्थी प्रदर्शनमा प्रहरी हस्तक्षेप, केही पक्राउ

सुनाखरी न्युज / काठमाडौं  – गभर्नर महाप्रसाद अधिकारी विरुद्ध काठमाडौँको बालुवाटारमा प्रदर्शन गरिएको छ । अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन ।

सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आइतबार घेराउ र विरोध प्रदर्शन गरेका छन । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै यूवा विद्यार्थी संगठनहरू केही दिनयता आन्दोलन गरिरहेका नेविसंघ र अखिल क्रान्तिकारीले आइतबार बिहान बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन प्रदर्शन गरेका हुन्। उनीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी भएको दाबीसहित उनीविरूद्ध विद्यार्थीले आन्दोलन गरिरहेका छन्। गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।