२०८० चैत्र १६ , शुक्रवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ सय ९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

देशभरका प्रयोगशालामा ३ हजार ७ सय १८ नमुना परिक्षण गर्दा २ सय २९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२ सय ८४ पुगेको छ । जसमध्‍ये १ हजार ६ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६१ जना र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको हो।

 

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका मन्त्रालयको भनाइ छ । जसमध्‍ये १ हजार २ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।