२०८१ बैशाख ६ , बिहिवार

एआईजी पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ ।

 

सर्वोच्च अदलतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो । सर्वोच्च अदालतले शुक्रबार पोखरेलको रिट खारेज गरेको हो । आईजीपीमा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । आईजीपीमा सिंहको नियुक्ति भएपछि उनी आफ्नो ड्युटीमा पनि गएका थिएनन् । उनी साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

 

पोखरेल डिआईजीबाट एआईजी हुँदा उनको नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ ।