२०८१ बैशाख ८ , शनिवार

साउन १ गतेदेखि फोहोर छुट्याएर मात्र दिन महानगरको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७९ श्रावण १ गतेबाट लागू हुने गरि स्रोतमा नै फोहोरको पृथकीकरण गर्न नगरबासीलाई आग्रह गरेको छ ।

 

महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै जैविक र अजैविक फोहोर छुट्टयाउने जिम्मेवारी फोहोर उत्पादककर्ताको नै भएकाले छुट्याएर दिन भनेको छ । त्यसैगरी कुहिने फोहोर संकलन गर्न छुट्टै दिन आउने र नकुहिने अर्थात अजैविक फोहोर संकलन गर्न छुट्टै दिन आउने महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले जानकारी दिनुभयो ।

 

 

महानगरको सूचनामा स्रोतमा नै फोहोर पृथकीकरण नगरेमा, फोहोर संकलन नगर्ने र प्रत्येक पटक पाँच सय जरिवाना हुने उल्लेख गरिएको छ ।