२०८० चैत्र १५ , बिहिवार

नेप्सेमा ७.९३ अंकको वृद्धि, २ अर्ब ४१ करोडको कारोबार

सुनाखरी न्युज/ काठमाडौं –

केहि दिनदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर उकालो लागिरहेको छ । यस साताको कारोबारको अन्तिम हिन आज शुक्रबार पनि नेप्से सामान्य अंकले बढेको हो । नेप्से आज ७.९३ अंकले बढेर दुई हजार ९ दशमलब ४६ विन्दुमा बन्द भएको हो ।

 

बिहिबार नेप्से १४.७१ अंकले बढेर दुई हजार १ दशमलब ५३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । नेप्सेमा आज एक अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ७२ कम्पनीको शेयरमूल्य बढेका छन् भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेका छन् ।

 

यसमध्ये पनि आज ७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नेप्सेका अनुसार आज ग्रीन लाइफ हाइड्रोको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको भएको छ । यसको आज १९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।