२०८१ बैशाख ८ , शनिवार

सनराइज बैंकले तरलता अभावको विचमै भित्रायो वैदेशिक ऋण

सुनाखरी न्युज/ काठमाडौं –
सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृती संगै Symbiotics, SA, Geneva Switzerlandबिलमबाट ३वर्षको लागिअक्षेरुपी रु. २ अर्ब ३७ करोड (अमेरिकी डलर रु. १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ । देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्रा उदाहालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ ।

 

भित्राएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ ।Symbiotics SA बैंकको वित्तीय सूचकाङ्क,बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका,पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्य नजर गरि सो ऋण प्रदान गरेको हो ।