२०८० चैत्र १६ , शुक्रवार

घर भासिँदा ३ जनाको मृत्यु

सुनाखरी न्युज/ जुम्ला-

हिमा गाउँपालिका-१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत आयोजनाको घर गएराति तलबाट भासिएर भत्किँदा घरमा बसेका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा उक्त लघुजल विद्युतमा काम गर्ने अप्रेटर सोही ठाउँ बस्ने ३२ वर्षीय गोरख बहादुर रावतकी श्रीमती ३० वर्षीया बिमला रावत, निजको छोराहरू ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेका छन् । घर भत्किएर उनीहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बट्की र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा उनीहरूको शव पेला पारेको हो ।

 

गोरख बहादुर रावत सकुशल रहेका छन् । उद्धार कार्य गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।