२०८१ बैशाख १३ , बिहिवार

एस वार्षिक नाटक २०२२‘एक सिक्का’असार ३२ गते

सुनाखरी न्युज/ काठमाडौं –

एसइन्सटिट्युट अफम्यानेजमेन्टका स्नातकका विद्यार्थीद्धारा आयोजित गरिने ‘एस वार्षिक नाटक’ कार्यक्रम हो ।‘एस वार्षिक नाटक’२०६८ सालदेखि सुरु भएको हो । विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् । बिहीबार काठमाण्डौंमा एक पत्रकार सम्मेलन गर्दै यसपालीको नाटकको नाम‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ ।

 

जसको नाट्य, आलेख र निर्देशनप्रदिपकुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गर्नुभएको छ । सो नाटक नेपाल प्रज्ञा प्रष्ठिानमा असार ३२ गते शनिबार प्रदर्शन हुनेछ ।सो नाटक दिउसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ । एसइन्सटिट्युट अफम्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजतबज्राचार्य, निर्देशक प्रदिपकुमारचौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकका बारेमाजानकारी गराउनुभएको थियो ।साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुतीपनि रहेको थियो ।

 

नाटकको बारेमा
नाटक एक सिक्कालोक कथामाआधारित नाटक हो । एकादेशमालामो समय खडेरी पर्दा त्यहाँकाजनताले भोग्नु परेको पानीको अभाव र पानी अभावबाट उत्पन्नविभिन्न समस्याका कारण त्यस देशकाजनताहरुले भोग्नु परेको तितो यथार्थलाई यस नाटकमा केन्द्र बनाइयेको छ । बेलकाभन्ने राज्यको जलपुरा भन्ने गाउँकाप्रजाहरु खडेरिका कारण अन्नअभाव र पानीअभावले भोक र तिर्खाले प्रजाहरु ब्याकुलभयेको खबरले खडेरी परेको जलपुरा भन्ने ठाउँमा त्यहाँका राजा सत्यासेन स्वयं स्थलगत भम्रणमा जान्छन् र बिज्ञहरुको परामर्श पश्चात् पानीओसार्ने युवाहरु राज्यकातर्फबाट नियुक्ति गर्ने आदेश दिन्छन ।

 

पानीभर्ने छनौट प्रक्रियामा धेरै प्रजाहरु सहभागी हुन्छन र केहीयुवा छनौट हुन्छन । छनौट हुनेमात्यहाँको युवाहर्कमानपनि पर्छन । घर घरमापानीपुर्याने कामपायेका युवाहरु गाउँभरिका मान्छेहरुलाई निकै परको नदिबाट पानीबोकेर घर घरमापुर्याउने काम गर्न थाल्छन् । हर्कमानपानीपुर्याउने क्रममागाउँको मुखियाको घरमा पुग्छन् र मुखियाको राम्री छोरी रूपवती सङ्ग नजर संगै मन साट्छिन । रूपवती सङ्ग हर्कमानको टुसायेको प्रेम झान्ङ्गिननपाई गाउँमाबिसादिहावाको रुपमा फैलन्छ ।

 

मुखियाको इशारामाहर्कामानलाई मरणासन्न पारेर उनका केटाहरूले नदिकिनारमा फालिदिन्छन । प्रेम पिडामा बद्लियेको हर्कामानको जीवन सबैतिरबाट अन्धकारमय हुन्छ तर एकदिनअचानकहर्कमान बाटोमाएकसिक्का भेट्छ र सिक्का पुरानो दरवारको एउटा किल्लामालुकाएर घर फरकन्छ त्यहीएकसिक्कात्यो सिक्काको महत्वथाहा पाउछ र सिक्कालिन राज्यले निशेध आज्ञा लगायेको बेला राजाले चर्को घाममा कुदिरहेको हर्कमानलाई देख्छ । सैनिकलाई पठायेर दरवारमाबोलाउन पठाउछ । राजाले यस्तो घाममा किन हिडेको भन्छ । हर्कामानसिक्काभन्नआनाकानि गर्छ राजाले कुरो खुस्काई छाड्छ ।

 

राजाले त्यो सिक्काभुल बरु राज्यको मोहर लियेर जाउ भन्छ । हर्कामान त्यही सिक्काको जिद गर्छ । राजाको घमण्ड र हर्कमानको जिद्दी आखिर राजाले आधा राज्य दिन्छ भनीहर्कमानको जिदलाई जिति छाड्छ । एक सिक्काको कारण हर्कामाननयाँमुलुकको नयाँ राजा घोषणा हुन्छ ।
नाटक एक सिक्काले हर्कमानको जिवनमा बद्लियेको भाग्यको कथा हो ।