२०८१ बैशाख ११ , मंगलबार

अजोड इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं –

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट अश्विन बाबु श्रेष्ठ र अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कुमार बहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

 

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

 

अजोड इन्स्योरेन्स लिमिटेडको सम्पूर्ण तथ्याङ्क क्यापिटललाई प्राप्त नभई सकेकोले आधिकारिक रुपमा सेवा प्रारम्भ भए पश्चात सो सम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्ने समेत क्यापिटलले जनाएको छ ।