२०८१ बैशाख ११ , मंगलबार

बिमामा कम्पनीमा मर्जरको लहर, पूँजी वृद्धिको दबाब

सुनाखरी न्युज/ काठमाडौं ।

बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा मर्जरको लागि प्रारम्भिक सम्झौता गर्ने चटारो चलेको छ । सरकारले मर्जरमा जाने संस्थााई दिदै आएको पूँजीगत लाभकर र लाभांश कर छुट हटाएसँगै असारमा बैंक र बिमा कम्पनीहरूमा मर्जरको प्रारम्भिक सम्झौता लहर चलेको हो ।

सरकारले ल्याएको आर्थिक अध्यादेश २०६७ देखि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरू मर्जरमा गएमा २ वर्ष सेयरधनीहरूले सेयर बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर र लाभांश करमा छुट दिने व्यवस्था गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐन पनि उक्त छुटलाई निरन्तरता दिएको थिया । १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को लागि संसदमा पेस गरेको आर्थिक ऐन उक्त छुटलाई निरन्तता दिएको छैन । यस आधार २०७९ असार मसान्तमा प्रराम्भिक सम्झौता गरेर २०८० असार मसान्तभित्र एकीकृत कारोबार सम्पन्न गर्ने संस्थाले उक्त कर छुट पाउनेछन् ।

 

बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सोही कर छुटलाई मध्यनजर गर्दै असार मसान्त अगाडी मर्जरको प्रारम्भिक सम्झौता गर्ने दौडधुप चलिरहेको छ । विशेष गरे र वाणिज्य बैंक र बिमा कम्पनी पछिल्लो केही दिन यता धमाधम प्रारम्भिक सम्झौता भइरहेका छन् ।

बैंक तथा वित्तीय संस्थामा मर्जर सुरु भएको दशक वितीसकेको छ । तर, बिमा कम्पनीमा भने चालु आर्थिक वर्षबाट मात्रै मर्जर सुरु भएको हो ।