२०८० चैत्र १६ , शुक्रवार

प्रश्नपत्र हुबहु दोहोर्‍याउनेलाई तत्काल कारबाहीको दायरामा ल्याउन शिक्षा समितिको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं –

शिक्षा तथा स्वास्थ्य समितिले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र गत वर्षको प्रश्नपत्रसँग हुबहु दोहोरिएकाले यस्तो कार्य गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

 

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै समिति सभापति जयपुरी घर्तीले यस्तो लापरबाही गर्नेलाई कारबाही गर्न निर्देशन दिएकी हुन् ।

 

समितिको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र हुबहु बाहिर ल्याउनेहरूलाई तत्काल कारबाही गर्नुको विकल्प नभएको बताएका छन् । त्रिविले लिने परीक्षामा यस्तो लापरबाही हुनु राम्रो नभएको भन्दै यस्तो प्रश्नपत्र बाहिर ल्याउन संलग्न सबैलाई तत्काल कारबाही गरिने बताए ।

 

अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएको विषयहरुको लागि भने परीक्षा सम्बन्धी निर्देशिकामा समेत स्पष्टता नभएकोले यसपटकलाई प्रश्नपत्र निर्माण कार्यमा संलग्न विज्ञहरुलाई सचेत गराउने निर्णय भएको उल्लेख छ ।