२०८१ बैशाख ६ , बिहिवार

कोरोना अपडेट : थप २६० जनामा कोरोना संक्रमण पुष्टि, ४८ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृतकको शुन्य रहेको मन्त्रालयले जानकारी दिएको हो ।

 

त्यस्तै, देशभरका प्रयोगशामा ३ हजार ८ सय ४४ जनामा नमुना परिक्षण गरिएको थियो । भने उक्त क्रममा २ सय ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भने उक्त अवधिमा ४८ जना कोरोना मुक्त भएका छन् ।

 

यससँगै नेपालमा कोरोना भाइरसको कुल सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।