२०८१ बैशाख १३ , बिहिवार

विराटनगरमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी

सुनाखरी न्युज/ विराटनगर-
विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो ।

 

प्रहरीका अनुसार आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेर नष्ट भएको छ भने आगलागीका कारण रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आएपनि क्षतिको विवरण भने आइनसकेको प्रहरीको भनाइ छ ।

 

प्रहरीका अनुसार होटलको ग्यास सिलिन्डरको पाइप लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ ।