२०८० चैत्र १६ , शुक्रवार

उपसभामुखमा एमालेबाट विद्या भट्टराईको मनोनयन दर्ता

सुनाखरी न्युज/ काठमाडौं –

प्रतिनिधिसभा उपसभामुखमा प्रमुख प्रतिपक्षी एमालेबाट विद्या भट्टराईले बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् ।

एमालेकी सचेतक शान्ता चौधरी प्रस्तावक र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उपसभामुखमा मनोनयन दर्ता गराएकी हुन् । यसअघि एमालेले लोसपाको उम्मेदवारलाई समर्थन गर्ने जनाएको थियो ।

 

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले सांसद चन्दा चौधरीलाई उम्मेदवार बनाउने जानकारी दिएको र उनलाई नै समर्थन गर्ने बताएका थिए । सत्ता गठबन्धनबाट भने कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छिन् ।

 

भुसालको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेकी छन् ।