२०८० चैत्र १५ , बिहिवार

डायमण्ड मा.वि.ले करियर सिम्पोजियम–२०२२ गर्ने

सुमन जिसी/ लेखनाथ –

पोखरा महानगरपालीका वडा नं. २७मा रहेको डायमण्ड मा.वि.ले एस.ई.ई. दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि करियर सिम्पोजियम–२०२२गर्ने भएको छ ।

होटल व्यवस्थापन तथा आतिथ्य र व्यवस्थापन क्षेत्रमा भविष्यको खोजीमा रहेका तर भ्रममा रहेका विद्यार्थीहरुको भ्रम चिर्नको लाई यस किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सम्बन्धित विषयका दक्ष्य व्यक्तित्व बाट कार्यक्रममा प्रस्तुती रहने समेत आयोजकले जानकारी गराएको छ ।

 

कार्यक्रमको मुख्य उद्देश्य हस्पिटालिटी र म्यानेजमेन्ट क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूको जिज्ञासालाई समेट्नु र आतिथ्य क्षेत्र (होटेल व्यवस्थापन) माकरियरको अवसरको बारेमा विद्यार्थीहरूको भ्रमलाई स्पष्ट पार्नु रहेको विद्यालयका प्राचार्य यम बहादुर रोकाले जानकारी दिनुभएको छ । अवसरको सदुपयोग गर्न र लाभलिनको लागि इच्छुक विद्यार्थीहरूलाई अनुरोध गरेको र कार्यक्रम असार ३१ गते बिहान ११ बजे तालचोकको सेभेन वन्डर रिसोर्टमा हुने आयोजकले जानकारी दिएको छ ।