२०८१ बैशाख ७ , शुक्रवार

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं –

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा कम्पनीको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०।५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

 

त्यस्तै बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पूंजी १ अर्ब २५ करोडबाट बृद्धि गरी ३ अर्ब कायम गर्ने, चुक्ता पूँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

 

त्यसैगरी, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ ९चार० सञ्चालक पदमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी ९प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि।० निर्विरोध निर्वाचित भएका छन् ।