२०८० चैत्र १६ , शुक्रवार

सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको भन्दा आज ३०० ले बढेर सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

त्यसैगरी, चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो।

 

बुधबार सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने उक्त दिन चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।