२०८० चैत्र १६ , शुक्रवार

अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँट

सुनाखरी न्युज/ काठमाडौं –

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बिहीवार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

 

कम्पनीले सर्वसाधारणका लागि असार २० गतेदेखि २३ गतेसम्म १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । विक्री प्रबन्धकका अनुसार उक्त आईपीओ खरिदका लागि १४ लाख ४६ हजार ९८५ जनाले १ करोड ६१ लाख ८६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ ।

 

रितपूर्वक आवेदन दिएका योग्य १४ लाख ४५ हजार १९४ जना आवेदकहरूलाई गोलाप्रथामा समावेश गराएर आईपीओ बाँडफाँड गरिएको हो । हालको बाँडफाँटको व्यवस्था अनुसार पहिलो चरणमा १ लाख ८२ हजार ४७ जनालाई १० कित्ता शेयर बाँडफाँट गरिएको छ । यसरी बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता शेयर थप पाँच जनालाई एक एक कित्ताका दरले बाँडफाँट गरिएको छ । यसरी हेर्दा ५ जना आवेदकले ११ कित्तासम्म शेयर हात पारेका छन् । यस आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ६४ हजार बढी आवेदक हात खाली भएको छ ।

 

सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित कम्पनीले सर्वसाधारणमा रू. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरको छ भने ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरेको छ ।