२०८१ बैशाख १३ , बिहिवार

आ.व २०७७/७८ सम्ममा सरकारको बेरूजु रकम ४ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो

सुनाखरी न्युज/ काठमाडौं –

सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ सम्ममा सरकारको कुल ४ खर्ब ८३ अर्ब बेरुजु रहेको देखाएको हो । प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा संघ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु कायम भएको छ ।

 

महालेखाले अघिल्लो आर्थिक वर्षमा ५ हजार ६ सय ६५ वटा सरकारी निकायको ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँको लेखा परीक्षण गर्दा यो बेरुजु रकम निस्किएको जनाएको छ ।

 

यस्तै, महालेखाको प्रतिवेदन अनुसार सरकार अन्तर्गतका ३ हजार २ सय ८७ वटा कार्यालयको २८ खर्ब २० अर्ब रुपैयाँको लेखा परीक्षणबाट ४९ अर्ब ४७ करोड, प्रदेश सरकार अन्तर्गतका १ हजार १ सय ३१ वटा कार्यालयको २ खर्ब ९९ अर्ब रुपैयाँको लेखा परीक्षणबाट ७ अर्ब ४८ करोड र पालिकाको १० खर्ब ५१ अर्ब रुपैयाँको लेखा परीक्षण गर्दा ४३ अर्ब ९० करोड रुपैयाँ बेरुजु देखिएको छ ।