२०८० चैत्र १५ , बिहिवार

भृकुटीमण्डपमा रहेको ह्विलचेयर गोदाममा भीषण आगलागी

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ।

 

भृकुटीमण्डपभित्र रहेको ह्विलचेयर गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। मैनालीका अनुसार बुधबार दिउँसो झन्डै तीन बजेतिर ह्विलचेयर गोदाममा आगलागी भएको हो।

 

अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको आगलागी नियन्त्रण गर्ने काम भइरहेको बताए उक्त आगलागी के कसरी भयो भन्ने बिषयमा थप जानकारी आउन बाकी रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।