२०८१ बैशाख ८ , शनिवार

गरिमा विकास बैंकले काठमाडौं र स्याङ्गजामा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

सुनाखरी न्युज / काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको यस विकास बैंकले काठमाडौंको माछापोखरी शाखाको समन्वयमा का.म.न.पा. १६, बसन्तनगर, तारकेश्वर धाममा क्रियापुत्री घर÷कम्पाउण्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थानगरि जम्मा ३० थान डस्बीन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ्ग वहुमुखी क्याम्पसलाई यस विकास बैंककापूर्व अध्यक्ष दिलिपप्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।

 

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखाकार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षितएवं गुणस्तरीय सेवाप्रदानगर्दै आईरहेको छ ।