२०८० चैत्र १६ , शुक्रवार

नागरिकता ऐन विधेयक प्रतिनिधि सभामा पेश

सुनाखरी न्युज/ काठमाडौं –

प्रतिनिधि सभा बैठकमा नागरिकता ऐनको संशोधन विधेयक पेश भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बुधबार नागरिता ऐनको संशोधन विधेयक पेश गरेका हुन्।

 

‘संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गर्न नमिल्ने व्यवस्था भएकाले संशोधन विधेयक ल्याइएको हो,’ गृहमन्त्री खाणले विधेयक पेश गर्दै भने, ‘संविधानमा नागरिकतासम्बन्धी व्यवस्थामा संघीय कानुन बमोजिम हुने भनिएकाले विधेयक पेश भएको हो।’ त्यसअघि सभामुख अग्नि सापकोटाले विधेयकविरूद्ध परेका तीन वटा विरोधका सूचना निर्णयार्थ प्रस्तुत गरेका थिए।

 

नेमिकपाका प्रेस सुवाल र एमालेका शेरबहादुर तामाङ र भीम रावलले विधेयकका विरूद्ध विरोधको सूचना पेश गरेका थिए। एमालेले नागरिकतासम्बन्धी विधेयकबारे राज्य व्यवस्था समितिले पेश गरेको प्रतिवेदन फिर्ता भएकोमा आपत्ति जनाएको थियो।