२०८१ बैशाख ८ , शनिवार

पहिरोले पुरिएर २ जनाको मृत्यु

सुनाखरी न्युज/ गोरखा –

सिरान्चोक गाउँपालिका-६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ ।

 

सोही ठाउँस्थित जंगलमा सुख्खा पहिरो आई सुक बहादुर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।