२०८१ बैशाख १२ , बुधवार

सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा जाने सम्झौता

सुनाखरी न्युज / काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलयान्स लाइफ इन्स्योरेन्स बीच पनि मर्जरमा जाने भएको छ । बुधबार बिहान दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो ।

 

प्रारम्भिक सम्झौतापत्रमा सानिमा लाइफका तर्फबाट सञ्चालक घनश्याम थापा र रिलाइन्स लाइफको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका हुन् । हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्ज हुने प्रारम्भिक सम्झौता भएकाे छ । त्यस अनुसार दुइ कम्पनी मर्ज भएर बन्ने कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

 

यद्यपी दुबै कम्पनीको डिडिए पछि मात्रै स्वाप रेसियो तय हुने कम्पनीले जनाएको छ । दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले शेयर काराेबार पनि राेक्का गरेकाे छ ।