२०७९ भदौ १ , बुधवार

फर्मुला वानइन स्कूल्स कार्यक्रम पहिलो चरणका तालिमहरु सम्पन्न

सुनाखरी न्युज / काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक आयोजना भइरहेको फर्मुला वानइन स्कूल्स – Formula1 in Schools कार्यक्रमको पहिलो चरणका तालिमहरु आजब्लु बर्ड सेकेन्डेरी स्कुलमा भए सगैँ सम्पन्न भएको छ ।

 

यो सगैँ थापाथली क्याम्पस, काठमाडौँ इन्जिनीयरिङ्ग कलेज, जेभिएर एकाडेमी र न्याथममा तालिम तथा अभिमुखिकरण कार्यक्रममा दुई सय जना महिला विद्यार्थीको सहभागिता भएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय महिला मोटरसाइकल एसोसिएसन (विमा) नेपालकी संयोजक सुनिता देशारले आफ्नो मोटरसाइकलर कार्ट्स रेसिंगको अनुभव बाढ्नुका साथै यस कार्यक्रमले महिला शश्क्तिकरणको निम्ती महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

 

फर्मुलावानइन स्कूल्स नेपालका नेश्नल कोर्डिनेटर ई.सुयोग खनालले फर्मुलावान, कार्ट्स रेसिंगको विषयमा अभिमुखीकरण तथा तालिमदिनु भएको कार्यक्रममा विमा नेपालकि सदस्य सोना अमात्य, मन्चन तिवारी, कृष्ण आचार्य, नासा नेपालका ब्रान्डिङ्ग अफिसर सौगात राजभण्डारी लगाएतको उपस्थीति थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले असार १२ गते यसकार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।