२०८० चैत्र १६ , शुक्रवार

पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

सुनाखरी न्युज / दमक –

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा पिकअप भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ।

दुर्घटनामा बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। अटोचालक खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको हो। उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका छन्।

 

दुर्घटनामा मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएका छन्। बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  रासस