२०८० चैत्र १५ , बिहिवार

चौंरीदेउराली सरकारको बजेटः ५९ करोड ३८ लाख, सबैभन्दा बढी सामाजिक विकासमा

सुनाखरी न्युज/ काठमाडौं । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । सोमबार एक समारोहका बीच गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङले बजेट सार्वजनिक गरेको हो ।

 

गाउँपालिकाले कुल बजेट ५९ करोड ३८ लाख ३५ हजार ल्याएको छ । जस अन्तर्गत प्रदेश वित्तिय समानीकरण तर्फ ८६ लाख ७६६ हजार, प्रदेश सशर्त अनुदान चालु २ करोड ५६लाख ६० हजार, प्रदेश समपुरक २ करोड ५१ लाख ६७ हजार, प्रदेश विशेष अनुदान चालूू ७० लाख, संघ वित्तिय समानिकरण ९ करोड ७२ लाख, संघ ससर्त चालू २४ करोड ८३ लाख, सवारी साधन कर बाँडफाँड अनुमानित २ करोड २० लाख ६७ हजार, संघीय राजस्व बाँडफाड अनुमानित ८ करोड १८ लाख ३८ हजार, आन्तिरिक श्रोत राजस्व प्रक्षेपण ६० लाख, आन्तरिक श्रोत मौज्दात अनुमानित ५ करोड १ लाख २७ हजार, आन्तरिक श्रोत क्रमागत अनुमानित १ करोड अनुमान गरिएको छ ।

 

त्यसैगरी गाउँपालिकाले सामाजिक विकासमा सबैभन्दा बढी ३९ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यसैगरि पूर्वाधार विकासमा ३० प्रतिशत, आर्थिक विकासमा २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ११ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
यस्तो छ बजेटः

आर्थिक विकास रु. २ करोड ५६ लाख ७५ हजार (२०%)
सामाजिक विकास रु. ५ करोड ०८ लाख ४१ हजार (३९%)
पुर्वाधार विकास रु. ३ करोड ९५ लाख ६० हजार (३०%)
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र रु. १ करोड ४५ लाख ५० हजार (११%)

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईंले पेश गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष तामाङले पेश गरेको बजेट सर्वसम्मत पारित गरिएको छ ।

 

चौंरीदेउराली गाउँपालिकाको दशौं गाउँसभामा आ.व. २०७९/०८० को बजेट बक्तव्य
चौंरीदेउराली गाउँपालिकाको दशौँ गाउँसभामा उपस्थित यस गाउँपालिकाका अध्यक्षज्यू, कार्यक्रमका अतिथि चौंरीदेउराली गाउँपालिकाका निवर्तमान अध्यक्ष ज्यू, उपाध्यक्षज्यू लगाएतका अतिथि ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सम्पूर्ण सदस्यज्यूहरु, गाउँ सभाका सम्पूर्ण सदस्यज्यूहरु, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी मित्रहरु लगायत यो ऐतिहासिक सभामा उपस्थित सम्पूर्ण महानुभावहरुमा न्यानो अभिवादन गर्दछु ।

 

आदरणीय सभासदस्यज्यूहरु
स्थानीय तहको दोस्रो निर्वाचन २०७९ पश्चात निर्वाचित जनप्रतिनिधिहरुको पहिलो आ.व. ०७९।८० को बजेट, प्रस्तुत गर्न गइरहेको सन्दर्भमा यस गाउँपालिकामा नेपाल सरकारबाट प्राप्त वित्तिय समानीकरण, विषेश अनुदान, सशर्त अनुदान, राजस्व बाडफाड र आन्तरिक स्रोत र आ.व. ०७८।७९ को बाँकी मौज्दातबाट गाउँपालिकाको बजेटको आधारमा आगामी आ.व. ०७९।८०को बजेट निर्माण गरिएको छ।

विगत वर्षको अनुभव र हाल पारिचालन भएका साधन र स्रोतलाई सहि ढंगले संचालन गर्न सकियो भने यस आ.व. मा राजस्व संकलन तथा विकास खर्चमा उत्साह पुर्ण सफलता प्राप्त हुने विश्वास लिएको छु । न्यून अन्तरिक श्रोत भएको आ.व. ०७९/८० मा ६० लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । गत वर्षको राजस्व दर रेटहरुलाई केही संशोधन गरिएको छ ।

आदरणीय सभासदस्यज्यूहरु,
अब म यस चौरीदेउराली गाउँपालिकाको आ.व. ०७९।८० को अनुमानित बजेट पेश गर्न गइरहेको छु । यस सम्मानित गाउँ सभामा २०७९ आषाढ १० गतेका दिन पेश गरेको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि विनियोजित रकम र सो को स्रोत व्यवस्थापनको लागि अनुमान पेश गर्दछु । जनताका माग तथा आवश्यकताहरुलाई दृष्टिगत गरी यस आर्थिक वर्षमा समावेश योजनाहरुको कार्यान्वयनमा सवै राजनितिक दलहरु, विषयगत कार्यालयहरु, संघ संस्थाहरु र नीजि क्षेत्रबाट पूर्ण सहयोग र सक्रियताको अपेक्षा गर्दछु । आर्थिक वर्ष २०७९।०८० को लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तपशिल बमाजिम श्रोत अनुमानसहितको कुल वार्षिक बजेट रु. ५९ करोड ३८ लाख ३५ हजार पेश गरेको छु ।

तपसिल
प्रदेश वित्तिय समानीकरण तर्फ ८६ लाख ७६६ हजार,
प्रदेश सशर्त अनुदान चालु २ करोड ५६लाख ६० हजार,
प्रदेश समपुरक २ करोड ५१ लाख ६७ हजार,
प्रदेश विशेष अनुदान चालूू ७० लाख,
संघ वित्तिय समानिकरण ९ करोड ७२ लाख,
संघ ससर्त चालू २४ करोड ८३ लाख,
सवारी साधन कर बाँडफाँड अनुमानित २ करोड २० लाख ६७ हजार,
संघीय राजस्व बाँडफाड अनुमानित ८ करोड १८ लाख ३८ हजार,
आन्तिरिक श्रोत राजस्व प्रक्षेपण ६० लाख,
आन्तरिक श्रोत मौज्दात अनुमानित ५ करोड १ लाख २७ हजार,
आन्तरिक श्रोत क्रमागत अनुमानित १ करोड

प्रशासनिक तथा कार्यालय संचालन, आन्तरिक श्रोत परिचालन, समपुरक बाहेक १३ करोड ६ लाख २६ हजारको क्षेत्रगत विकास वजेट खर्च अनुमान देहाय बमोजिम पेश गरेको छु ।

आर्थिक विकास रु. २ करोड ५६ लाख ७५ हजार (२०%)
सामाजिक विकास रु. ५ करोड ०८ लाख ४१ हजार (३९%)
पुर्वाधार विकास रु. ३ करोड ९५ लाख ६० हजार (३०%)
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र रु. १ करोड ४५ लाख ५० हजार (११%)

यस गाउँपालिका योजनाबद्ध विकासको छैटौं वर्षमा पुगेको यहाँहरुलाई सर्वविदितै छ । विगत पाँच वर्षको अवधिमा तर्जुमा गरिएका योजनाहरुको कार्यान्वयनबाट सामाजिक विकास तथा पुर्वाधार विकासमा प्राथमिकता अनुसार उल्लेखनीय प्रगति भएको जानकारी गराउन चाहन्छु । विगत वर्षका गाउँसभाबाट पारित भएका नीति, कार्यक्रम र बजेट कार्यान्वयनको मुल्यांकन र समीक्षा गर्दा प्रगती उन्मुख रहेको छ । विगतका गाउँसभाबाट पारित नीति, बजेट तथा कार्यक्रमको कार्यान्वयनको अनुभव र सिकाईबाट गाउँपालिकाको दिगो र सन्तुलित विकासका लागि ठोस र योजनाबद्ध रुपमा अगाडि बढ्ने पृष्ठपोषण प्राप्त भएको छ ।

 

अन्तममा, आदरणीय गाउँ सभाका सम्पूर्ण सदस्यज्यूहरु, अतिथिहरु एवं दिदी बहिनी तथा दाजुभाईहरुलाई यो बजेटको कुशलतापूर्वक कार्यान्वयन गरी समृद्ध र न्यायपूर्ण चौंरीदेउराली गाउँपालिका निर्माणमा योगदान गर्न हार्दिक आव्हान गर्दै बजेट निर्माणमा सहयोग पुर्याउने कार्यपालिका सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्य लगाएतका गाउँसभा सदस्य, कर्मचारी मित्रहरु लगाएतका सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दै प्रस्तुत बजेट सर्वसम्मतिले पारित गरिदिनु हुनेछ भन्ने विश्वासका साथ विदा हुन्छ ।