२०७९ श्रावण २४ , मंगलबार

समृद्धि फाइनान्सद्धारा काठमाडौँको बालाजुमा वृक्षारोपण कार्यक्रम

सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्सले अषाढ २७ गते काठमाडौँको बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले अषाढ महिनामा आफ्नो पाँच वटै शाखाहरुबाट उक्त कार्यक्रम विभिन्न मितिमा सम्पन्न गरेको छ ।

 

फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।