२०८१ बैशाख ८ , शनिवार

आगामी चुनाव पनि एक्लै लड्ने अध्यक्ष ओलीको संकेत

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघ र प्रदेशको निर्वाचनमा एक्लै चुनाव लड्ने संकेत गर्नुभएको छ ।

 

नयाँ जनादेशका लागि देश चुनावमा गइसकेकाले वर्तमान सत्ता गठबन्धनको औचित्य सकिएको उहाँले बताउनुभयो । काठमाडौंमा एमाले प्रचार विभागले आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारले सकारात्मक परिणाम दिन नसकेको अनुभव भएको बताउनुभयो । त्यसैले आफ्नो दलले सत्तामा पुग्न कै लागि गठबन्धन नगर्ने ओलीले स्पष्ट पार्नुभयो ।

 

मुलुक श्रीलंकाको बाटो तर्फ लाग्ने संकेत देखिएको बताउँदै अध्यक्ष ओलीले त्यसमा ब्रेक नलागे अधोगतिमा लाग्ने र श्रीलंका भन्दा नराम्रो अवस्था आउने तर्फ सबै सचेत हुनपर्ने बताउनुभयो । अध्यक्ष ओलीले संघियता कार्यान्वयनमा आइसकेकाले त्यसका कमीकमजोरी हटाएर सफल बनाउन लाग्नु पर्ने बताउनुभयो ।