२०८१ बैशाख १२ , बुधवार

शेयर बजारमा उच्च अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७७.०१ अंकले घटेर एक हजार ९ सय १५ दशमलब ६१ विन्दुमा पुगेर बन्द भएको हो ।

 

त्यस्तै, शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । नेप्सेमा आज २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये एक कम्पनीको शेयरमुल्य बढेको छ भने अन्य सबै कम्पनीको शेयरमुल्य घटेको छ । नेप्सेका अनुसार ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

 

यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा हिमालयन डिष्टिलरीको भएको छ । यसको आज ११ करोड ४ लाख भन्दा बढीको कारोबार भएको छ ।