२०८१ बैशाख १३ , बिहिवार

गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशीको स्वागत

सुनाखरी न्युज/ पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जनता र प्रहरी बिचको समन्वयात्मक भूमिकाबाट मात्रै समाजलाई अपराध मुक्त बनाउन सकिने बताउँदै अब समुदाय र प्रहरी हातेमालो गर्दै थप लाग्नुपर्ने बताउनु भएको छ ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्यव समिति कास्कीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।साथै नागरिकको सहयोग बिना प्रहरी एक्लैको प्रयासले समाजलाई अपराध मुक्त बनाउन नसकिने हुनाले सामुदायिक सेवा केन्द्रहरु संग हातेमालो गर्न प्रहरी कटिबद्ध रहेको समेत उहाँले स्पष्ट पार्नु भयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधिहरुले प्रहरी नायव महानिरीक्षक जोशीलाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधिहरुले नेपाल प्रहरी संग हातेमालो गर्दै समाजमा व्याप्त विकृती विसंगती विरुद्ध लड्ने अभिप्रायका साथ स्थापना भएका सामुदायिक प्रहरी सेवा केन्द्रहरु सदैव प्रहरीका विभिन्न जनलक्षित नीतिहरुको कार्यान्वयनका लागि लागि पर्ने बताउनु भएको थियो ।