२०८१ बैशाख ११ , मंगलबार

आईजीपी विवाद मुद्दाको पेसी शुक्रबारलाई सारियो

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ ।

 

हिजो सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर सरकारी कानून व्यवसायी र प्रत्यासी हाजिर नभएपछि पेसी सारिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ ।

 

यसअघि नै सर्वोच्चले २३ असारसम्म बहस नोट बुझाउन समय तोकेको थियो । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाई चलिरहेको छ । आफूलाई प्रहरी महानिरिक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले उनलाई छोडेर धिरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।