२०८१ बैशाख ८ , शनिवार

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सुनाखरी न्युज/ मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आईतवार राती १० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश १ -०२-०४९ प ६२५८ नम्बरको मोटरसाईकलले बिपरित दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार बिराटनगर-१५ का ४५ बर्षीय भोला श्रेष्ठ र १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।