२०८१ बैशाख ६ , बिहिवार

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

सुनाखरी न्युज/ झापा । झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जेलिङका २७ बर्षीय अनुप प्रधान रहेका छन ।

 

हिजो बेलुका ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।