२०८१ बैशाख ४ , मंगलबार

लोक संस्कृतिको संरक्षणमा बागमती प्रदेस सरकारको उच्च प्राथमिकता

सुनाखरी न्युज/ काठमाडौं । बागमती प्रदेशका सभामुख सानू श्रेष्ठले लोक संस्कृतिको संरक्षण र विकासमा बागमती प्रदेस सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन ।

 

प्रदेस सरकारका तर्फबाट प्रदान गरिने भजन कृतन सामाग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कोटेश्वर ३२ वडा स्थित निखिलेस्वर महादेब मन्दिरका उपाध्यक्ष एवं टोल समितीका अध्यक्ष नानीकाजी केसी सिलवाललाई सभामुख श्रेष्ठले हार्मुनियम बाजा मादल ढोलक जस्ता सामग्री हस्तान्तरण गरेका थिए ।

सो समारोहमा काठमाडौं महानगरपालिका ३२ का वडा अध्यक्ष नवराज पराजुली, टोल समितीका सचिव पिताम्बर भण्डारी,सल्लहकार पुष्पलाल धिताल लगायतले मन्तब्य राखेका थिए । सभामुख श्रेष्ठ लगायतको सहयोगबाट मन्दिर हातामा चारतले सामुदायिक भवन निर्माण भईरहेको छ । सभामुख श्रेष्ठले सो निर्माणधिन भवन को निरिक्षण पनि गरेका थिए । समारोहको अन्त्यमा महिला भजन समुदायको तर्फबाट भजन प्रस्तुत गरिएको थियो ।