२०८१ बैशाख ६ , बिहिवार

नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

सुनाखरी न्युज/ काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज ९सोमबार० नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

 

खेल नेपाली समय अनुसार सोमबार दिउँसो सवा ३ बजे सुरू हुने भएको हो । तीन टोली सम्मिलित श्रृखला स्कटल्याण्डमा आइतबारबाट सुरू भएको हो । श्रृंखलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको थियो । त्यसैले नामिबिया सोमबार नेपाललाई हराउँदै श्रृंखलामा पुनरागमन गर्ने अभियानमा रहेको छ । नेपाल पनि श्रृंखलामा सुखद सुरुवात गर्न चाहन्छ ।

क्यानडामा अभ्यास सकाएर नेपाली टोली सिधै स्कटल्याण्ड पुगेको हो । नेपालले लिग-२ क्रिकेटमा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । त्यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो । लिग(२ क्रिकेटको अंक तालिकामा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । साथै १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा रहेको छ ।