२०८० चैत्र १५ , बिहिवार

एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

सुनाखरी न्युज/ काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ ।

 

प्राय शनिबार सरकारी भुक्तानी हुँदैन । तर, हिजो महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो । चालू आवमा १६ खर्ब ३२ अर्ब पूँजीगत खर्च मध्ये १२ खर्ब ३७ अर्ब ७० करोढ रुपैंया खर्च भएको छ । विकास खर्च ३ खर्ब ७८ अर्ब रुपैयाँमा १ खर्ब ८९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ खर्च भएको छ ।

 

चालु आवमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य सरकारले राखेको थियो । शनिबारसम्म १० खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको थियो ।